सदामा संवाददाता, काठमाडौं । प्रमुख दलहरुमा पार्टी सभापतिको नेतृत्वमाथि प्रश्न उठाइरहेको समयमा देशको प्रमुख दलमध्येको एक राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पार्टी सभापति रवि लामिछानेको विकल्प तत्काल नखोज्ने भएको छ । जेनजी आन्दोलनपछि अरु दलहरु सँगै रास्वपासमेत पुर्नगठन गर्नुपर्ने आवाज उठिरहेका बेला नेताहरुले तत्काल सभापति लामिछानेको विकल्प खोज्न नहुँने धारणा राखेका छन् । केन्द्रीय समिति बैठकमा पाँच प्रदेशका सभापतिहरुले लामिछानेको विकल्प नखोजिएका बताएका छन् । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका सभापतिहरुले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछानेको विकल्प नखोजिएको बताए ।
बागमती सभापति अच्यूतम लामिछानेले सभाप ति रविको विकल्प नखोजिएको स्पष्ट पारे । ‘पुराना पार्टीमा चलेको हावामा रास्वपा कदापी विश्वास गर्दैन’ उनले भने । कोशी सभापति तपेश्वर यादवले सभापति लामिछानेप्रति पूर्णविश्वास भएकाले विकल्प नखोजिएको बताए । कोशीका कार्यवाहक सभापति सरिन तामाङले पनि सभापति रवि लामिछाने बिनाको रास्वपा परिकल्पना नगरिएको बताए । तल उठेका कुरा केन्द्रमा राखिदिनुस् है भनेका कारणले सुझावहरु बुझाएको उनको भनाई थियो । लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले नेतृत्व बारे कुरै गर्न नपाउने रास्वपामा नहुने बताए । ‘सभापतिको विकल्पबारे हामीले सोचेका छैनौं’ उनले भने ।








