नर्सरी व्यवसायी संघ नेपालले तेस्रो तिहार फ्लोरा एक्सपो २०८२ आयोजना गर्ने

काठमाण्डौ, नर्सरी व्यवसायी संघ नेपालले यहि असोज २८ गते देखि आगामी कार्तिक १ गते ५ दिन सम्म कामाण्डौको भृकुटीमण्डपमा नेस्रो तिहार फ्लोरा ए्क्सपो २०८२ भव्य रुपमा आयोजना गर्ने भएको छ । संघले आज राजधानीमा पत्राकार भेटघाट कार्यक्रम गरी पे्रस विज्ञप्ती मार्फत कार्यक्र गर्न लागिएको जानकारी दिएको हो । “तिहारको उत्सव, फूलको महोत्सव” भन्ने नाराका साथ नर्सरी व्यवसायी संघले नर्सरी र नर्सरी जन्य बस्तुको अत्याधिक परनिर्भतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै शुभ दिपावलीको पुर्व सन्ध्यामा भृकुटी मण्डपको प्रर्दशनी स्थलमा पाँच दिवसीय राष्ट्रिय स्तरको तेस्रो तिहार फ्लोरा एक्सपो २०८२ गर्न लागेको मेला संयोजक तथा नर्सरी व्यवसायी संघकी उपाध्यक्ष लक्ष्मी मर्हजनले बताउनु भयो ।
यस मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कषि तथा वन, जडी बुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पालदीत विविध प्रजातिका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणका लागि राखीने भएको छ ।साथै मलखाद अर्गानीक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने मेला संयोजक महर्जनले बताउनु भयो ।उहाँका अनुसार मेलामा ६२ वटा व्यवसायिक स्टल लगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र सहितको ४ वटा स्टल तथा प्रतिस्पर्धाको ४ वटा स्टल समेत जम्मा ७० वटा स्टल मेलामा रहने छ ।
यस मेलामा ३५ हजार अवलोकन कर्ताले अवलोकन गर्ने र ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको छ । देशमा बढ्दो राजनीतिक अस्तिारताले निम्त्याएको असहज परिस्थितिले तमाम उद्योगी व्यवसायिहरुको मनोवल कमजोर भएको विषम परिस्थितिमा व्यवसायिक वातावरण बनाउनुका साथै खस्किएको मनोवल बढाउन सबै पक्षहरु जिम्मेवार हुन संघले आव्हन गरेको छ ।

LEAVE A REPLY