काठमाडौँ । हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि सूचीमा भएको वासिङटन पोष्टले सार्वजनिक गरेको छ ।
यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो। गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भइसकेको छ भने बन्धकहरू आज आइतबार वा सोमबारसम्म रिहा गरिने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताइसकेका छन्।सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलयमा आक्रमण गर्दा विपिन पनि अपहरणमा परेका थिए।









