काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको भानिमण्डलको एक पार्टी प्यालेसमा बस्ने छ । बैठक असोज ३१ गते सम्म बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
केन्द्रीय कमिटी बैठकले महाधिवेशानको मिति र स्थान तय गर्नेछ । सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरको अन्तिम साता गर्ने निर्णय गरिसकेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि एमालेमा पार्टी पुनर्गठनको विषय उठ्दै आएको छ ।








