काठमाडौँ । आईसीसी टी(२० विश्वकप एसिया प्यासिफिक क्षेत्रिय फाइनल सुपर (६ मा नेपालले आज आफ्नो अन्तिम खेल समोअविरुद्व खेल्दै छ । आजको खेल ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा दिउँसो ४ंं.१५ हुनेछ ।
यसअघि लगातार तेस्रो जित निकालेको नेपालले आज समोअमाथि जित निकाले विश्वकपको टिकट प्रतियोगिताको उपाधीसमेत घर ल्याउनेछ । तेस्रो जित निकाल्ने क्रममा नेपालले बुधबार घरेलु टिम ओमानविरुद्ध ३८ रनको जित निकालेको थियो । उक्त जितसँगै नेपाल सुपर–६ को शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ ।
नेपालले सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएईविरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो भने समूह चरणमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।









