प्रधानमन्त्री कार्की द्वारा नेपाली नोटमा नेपाल सम्वत् उल्लेख गर्ने प्रदिबद्वता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिने नेपाली नोटमा नेपाल सम्वत् उल्लेख गर्ने प्रदिबद्वता गरेकी छिन् । बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला काकीले यसबारे जानकारी गराएकी हु।
‘नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा शंखधर सास्ख्वाले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएका थिए ।
सास्ख्वाको उक्त निर्णय ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक भएको बताउँदै प्रधानमन्त्री कार्कीले सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिल्ने बताइन् ।

 

LEAVE A REPLY