मन्त्री घिसिङद्वारा बन्दै गरेको नयाँ संसद भवनको अवलोकन,निर्धारित समयमै सक्न निर्देशन

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा बन्दै गरेको नयाँ सङ्घीय संसद् भवनको अवलोकन गर्नु भयो , अवलोकनकैक्रममा निर्धारित समयमै सम्पन्न गर्न निर्देशन समेत दिनु भयो । अवलोकनपश्चात् उहाँँले हरेक दिनको कार्यतालिका बनाएर निर्माणमा जुट्न ठेकेदार कम्पनीलाई निर्देशन दिनु भएको हो ।
मन्त्री घिसिङले भन्नु भयो,“पाँचौँ पटक म्याद थप गर्दा ठेकेदारका तर्फबाट आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गरेकाहन् । उक्त समयभित्रै निर्माण सम्पन्न गर्न गम्भीर भएर काम गर्नुपर्छ ।”
‘जेनजी’ प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा क्षति पुगेको छ । त्यसैले पनि राष्ट्रियसभा बैठक बसाल्न पनि समस्या भइरहेको छ । राष्ट्रियसभा बैठक चलाउनुपर्ने छ”, उहाँले भन्नु भयो , “आगामी निर्वाचनपछि प्रतिनिधिसभा बैठक पनि बस्नुपर्छ । हाल क्षतिग्रस्त संसद् भवनलाई बैठक सञ्चालन योग्य बनाउन समय लाग्छ । त्यसैले नयाँ संसद् भवन छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ ।”
त्यसक्रममा ठेकेदार प्रतिनिधिले हालसम्म ८७ प्रतिशत काम सम्पन्न भएको र भवनभित्र ‘फिनिसिङ’को काम चलिरहेको जनाएका थिए । कतिपय निर्माण सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माणमा केही ढिलाइ भएको जनाउँदै ठेकेदार कम्पनीले बाँकी काम आगामी पुस १६ गतेसम्म सम्पन्न गर्नेगरी आफूहरू लागिरहेको बताए ।

SHARE
Previous article
Next article

LEAVE A REPLY