काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएका छन्। गृह मन्त्रालयले विशेष अदालतमा धरौटी बुझाएपछि रिहा भएका नेपाललाई प्रदान गरिएको सुरक्षा व्यवस्था तत्काल प्रभावबाट हटाउने निर्णय गरेको हो।
। मन्त्रालयका स्रोतका अनुसार, “भ्रष्टाचार अभियोग खेपिरहेका व्यक्तिलाई पूर्वप्रधानमन्त्रीको विशेष सुरक्षा सुविधा दिनु राज्यको आचारसंहिताविपरीत हुन्छ,” भन्ने आधारमा निर्णय गरिएको हो।
यसअघि नेपालका सुरक्षार्थ १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी गरी १८ सुरक्षाकर्मी स्थायी रूपमा खटाइएका थिए।ने
अब ती सबैलाई सम्बन्धित निकायमा फिर्ता पठाइएको गृह मन्त्रालयले जनाएको छ।स
माधव नेपालमाथि पतञ्जलि समूहसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा संलग्नता रहेको आरोप लगाइएको थियो। विशेष अदालतले उनलाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।
यही प्रकरणलाई आधार मानेर गृहमन्त्रालयले “कानुनी रूपमा आरोपमुक्त नभएसम्म सरकारी विशेष सुविधा उपयुक्त छैन” भन्ने निष्कर्ष निकालेको हो। गृहमन्त्री अर्यालले पदको हैसियतमा सुरक्षा र सरकारी स्रोतको दुरुपयोग रोक्ने नीति अघि सारेका छन्।
यसअघि पनि सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड का लागि प्रयोग भएका मापदण्डविपरीतका सुरक्षा व्यवस्थाहरू फिर्ता गरेको थियो। पूर्वप्रधानमन्त्रीलाई प्रदान गरिएको सुरक्षा फिर्ता गर्नु केवल प्रशासनिक निर्णय होइन, राजनीतिक सन्देश पनि हो।
गृह मन्त्रालयको निर्णयले सत्ता प्रयोगको सीमाबारे स्पष्ट सन्देश दिएको छ— “अभियोग लागेका व्यक्तिका लागि विशेष सुविधा होइन, कानुनी उत्तरदायित्व प्राथमिक हो।” माधवकुमार नेपालको सुरक्षा फिर्ताको निर्णयले सरकारको शक्ति–संयम र जवाफदेहितातर्फको नीतिगत मोड झल्काएको छ।
रह








