काठमाडौँ । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित इन्टरनेट सेवा मिति २०८२ कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको छ ।
नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा इन्टरनेट सेवाको शुभारम्भ गर्नुभएको थियो । उक्त ँइन्टरनेट सेवा विमानस्थलको आगमन, प्रस्थान, तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।









