स्वजागरण कार्यक्रम सम्पन्न

काठमाण्डौ,कार्तिक २३
प्रेसकाउन्सिल नेपालको आयोजना र जीवन विज्ञानको सहकार्यमा काठमाण्डौको संचारग्राम स्थित पत्राकार महासंघको हलमा पत्राकार र कर्मचारीका लागि गरिएको १ दिने स्वजागरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।कार्यक्रममा जीवन विज्ञानको महत्वबारे आध्यात्मिक गुरु भानु शर्माले प्रवचन र प्रयोग विधि सहित प्रष्ट पार्नु भएको थियो ।
माननीय सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलको प्रमुख आतित्थ्यमा भएको सो कार्यक्रममा सञ्चार सचिव राधिका अर्याल, पत्राकारमहांसघका अध्यक्ष निर्मला शर्मा, न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष संगीता खड्का लगायत प्रेस काउन्सिल नेपालका कर्मचारी र पत्राकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY