नेपाली कम्यूनिष्ट पार्टीको निवेदन प्राप्त भयोःप्रवक्ता नारायण प्रसाद भट्टराई

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टीका नेताहरु निर्वाचन आयोग आएर निवेदन दिएको बताएका छन्।नेपाली कम्यूनिष्ट पार्टीहरुले यही कार्तिक २० गते निवेदन दिई सकेका थिए ।
विभिन्न १० वटा वाम दल र समूहसहितले पार्टी एकता घोषणा गरेकाउनीहरुले पार्टी एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको थियो । आज थप कागजात लिएर आयोग पुगेको नेताहरूले बताएका छन् । नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ । आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने छ ।

LEAVE A REPLY