जेनजीका प्रतिनिधिहरुले कात्र्तिक १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिपक्षीय९सरकार, दल र जेनजी० छलफलमा चुनावसँगै भ्रष्टाचारको पनि अन्त्य हुनुपर्ने माग राखे । जुन माग मुलुकका लागि अपरिहार्य नै भएको छ । जेनजीहरुले भनेझैं भ्रष्टाचारको अन्त्य होला वा नहोला त्यो सरकारको दृढता र कार्यक्षमतामा भरपर्ने कुरा हो । नेपालमा भ्रष्टाचारले राम्रोसँग् जरा गाडेको हुँदा सरकारले यो बाँकी चार महिनामा भ्रष्टाचारको जरो किलो उखेल्न र निर्मूल पार्न प्र्राय असम्भवै छ । त्यसैले भावि सरकार पनि भ्रष्टाचार विरोधीकै बन्नु आवश्यक छ । तर यिनै भ्रष्ट दलहरुबाटै भावी सरकारका लागि उम्मेदवार उठ्ने हुँदा भावी सरकारपछि फेरि भ्रष्टाचारको खेती नसप्रिएला भन्न सकिने अवस्था छैन ।
बालुवाटार बैठकमा भएको त्रिपक्षीय छलफलमा निर्वाचन, सुरक्षा र भ्रष्टाचार निर्मुल सम्बन्धी छलफल भएको भए पनि वर्तमानमा भएका भ्रष्टाचार कसरी निर्मुल पार्ने र भविष्यमा भ्रष्टाचार हुन कसरी रोक्ने भन्ने बारे भने छलफल भएन । भ्रष्टाचार निर्मूल पार्ने र रोक्ने उपाय विभिन्न हुन सकेता पनि यो उपाय पनि प्रभावकारी हुन सक्छ जुन उपाय हो मृत्युदण्ड । तर नेपालमा अहिलेसम्म मृत्युदण्ड दिने कानून बनेको छैन र यस्तो कानून नबनेसम्म र त्यसको निष्पक्ष रुपमा परिपालना नगरेसम्म न त भ्रष्टाचार नै निर्मुल हुन्छ न त रोकिन्छ नै । त्यसैले यो सरकारले भ्रष्टाचार र जघन्य अपराध गर्नेविरुद्ध तुरुन्त यस्तो कानून बनाउनु पर्दछ । जसले अपराध चौतर्फी रुपबाट प्रमाणित भईसकेपछि मृत्युदण्ड दिन सकोस् । यस्तो कानून नबनेसम्म भ्रष्टाचार निर्मुल हुने र रोकिने सम्भावना छैन ।
भ्रष्टाचार गर्नुभनेको आफ्नै सन्तानको रगत आफैंले पिउनु सरह हो भन्ने मानसिकता राख्ने हो भने कोही कसैले काही पनि भ्रष्टाचार गर्दैन । त्यो गर्नुभनेको आफैंले आफैलाई सपार्नु हो । सबभन्दा राम्रो कुरा पनि त्यही हो । तर यो परिप्रेक्ष्यमा त्यस्तो भावना एकदुईमा आए पनि अधिकांशमा आउँदैन । त्यसैले सुशासनका लागि कडा कानून बनाउनुको विकल्प छैन । भ्रष्टाचार निर्मुल नभएसम्म सुशासन सम्भव छैन ।








