काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरिक्षक आईजीपीमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले कार्कीलाई आईजीपीमा नियुक्ता गरेको संचार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले बताए । कार्की हाल काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।
वर्तमान आईजीपी चन्द्र कुवेर खापुङको प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि मध्य राती देखी अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै सरकारले आज नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।
नेपाल प्रहरीको ३३औं आईजीपीहुनका लागि दान बहादुर कार्की,राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम शाह गरी जम्मा चार जना एआईजी दौडमा थिए । विगतमा आइजपी छनौट प्रकयामा चलखेलमा आइजीपी छानौट हुने आरोप लाग्दै आएको भए पनि यो पटक दलहिन सरकारले विना चलखेल आइजीपी छनौट गरेको बुझिएको छ । तर यो पटक स्थिति डामाडोल भएका कारण शान्ति सुरक्षामा भने केहि चुनौतिहरुको सामना गर्नु पर्ने अवास्था आएको छ ।









