काठमाण्डौ, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले बैक अव डिजिटल रुपानतरणको तीव्र यात्रामा अधि बढिरहेको बताउनु भएको छ ।पाण्डेले नेपालबैंको ८९ औं वार्षिकोत्सवको अवसरमा बोल्दै त्यसो भन्नु भएको हो । बैकले आफ्नो वार्षिकोत्सवमा विभिन्न र्कायक्रम गर्दै उत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले आगामी वर्षहरूमा सेवा, दक्षता र प्राविधिक क्षमतामा थप सुधार गर्दै डिजिटल बैंकिङलाई मुख्य प्राथमिकताका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ।
उनका अनुसार बैंकिङ प्रणालीलाई आधुनिक, पारदर्शी र द्रुतगतिमा सेवा दिने मोडेलमा रूपान्तरण गर्नु नै संस्थाको प्रमुख लक्ष्य हुनेछ।
पाण्डेयले भने, “नेपाल बैंक विकासको लामो इतिहास बोकेको सम्मानित संस्था हो। अब हामीले प्रविधिमैत्री बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै प्रतिस्पर्धी तथा दिगो सेवा प्रवाहमा केन्द्रित हुनेछौं।” यस क्रममा उनले ग्राहकमैत्री सेवा विस्तार, संस्थागत दक्षता अभिवृद्धि तथा जोखिम व्यवस्थापनमा सुधारलाई बैंकले निरन्तर अघि बढाइरहेको उल्लेख गरे। उनका अनुसार देशको समग्र आर्थिक अवस्थाका कारण लगानी विस्तारमा चुनौती बढ्दै गएको भए पनि बचत वृद्धिमा भने उत्साहजनक प्रगति देखिएको छ। उनले बैंकिङ क्षेत्रमा दवाब बढिरहे पनि सुधारका पहल निरन्तर जारी रहने बताए।








