निर्वाचनको चर्चा गाउदेखि शहरका चोक चोक र कुना कुना सम्म

आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति जति —जति नजिकिंदै जान्छ, त्यति—त्यति जिल्लाको सदरमुकामदेखि गाउँगाउँसम्मका चोक र कुना कुना अनि चिया पसलहरूमा बढेको छ । बिहानै चियाको तातोपनसँगै केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन तयारीका कांग्रेसको महाधिवेशन तथा सरकारले घोषणा गरेको निर्वाचनको विषयमा गहन छलफल सुरु हुन थालिसकेको छ ।‘घोषित मितिमा चुनाव हुनुको विकल्पै छैन । चुनावले मात्रै युवाहरूको मागलाई सम्बोधन गर्न सक्छ । पुरानो नेतृत्वलाई विस्थापित गरी नयाँलाई स्थापित गर्न सक्छ।
युवा नेताहरूले लोकतन्त्रलाई सही मार्गमा ल्याउन र जेनजी आन्दोलनमा उठेका मागको सम्बोधनका लागि पनि निर्वाचनको विकल्प नभएको स्पष्ट धारणा सार्वजनिक भई हेका छन् । तर सबै पक्ष चुनाव हुनेमा ढुक्क भने छैनन् ।
स्वतन्त्र युवा भोगेन्द्रकुमार यादवले भने केही दलहरूको तयारी र आन्तरिक विवादका कारण चुनाव हुने रनहुनेमा प्रश्न उठेको बताए।
निर्वाचनको घोषणासँगै जिल्लाका प्रमुख राजनीतिक दलहरू आ–आफ्नो तयारीमा जुटेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादवले भने, ‘चुनावको माहोल बनाउन गाउँगाउँ पुगेर एक किसिमको अनौपचारिक अभियानमा लागेका छौँ ।’
त्यस्तै, जनमत पार्टीका केन्द्रीय सदस्य बालेश्वर यादवले चुनाव लक्षित कार्यक्रममा आफूहरू होमिसकेको बताए। उनका अनुसार जनमत पार्टीले चुनावको विकल्प नदेखेको र मधेस प्रदेशमा सकारात्मक माहोल बनाउन युवाहरूलाई परिचालन गरिसकेको छ ।
घोषित मिति फागुन २१ गते नजिकिँदै गर्दा नेपालको राजनीतिक परिदृश्यमा निर्वाचनको सुनिश्चितता र त्यसले ल्याउने परिवर्तनको आशाले जनस्तरमा व्यापक बहस र उत्साह जगाएको छ ।

LEAVE A REPLY