चौधरी ग्रुपले तिरेको करबाट राष्ट्रलाई कूल राजस्वमा २ प्रतिशतभन्दा बढीको योगदान

काठमाडौं — नेपालकै अग्रणी व्यावसायिक समूह चौधरी ग्रुपले आर्थिक वर्ष २०८१र८२ मा २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको कूल राजस्वमा २ प्रतिशतभन्दा बढी योगदान गरेको छ। आर्थिक सुस्ती, नीतिगत अनिश्चितता तथा लगानीमैत्री वातावरण कमजोर रहेका अवस्थामा पनि समूहले राजस्व योगदानमा निरन्तर वृद्धि गरेको हो।
गत आर्थिक वर्ष २०८०र८१ मा १८.५२ अर्ब कर तिरेको समूहले यस वर्ष झन्डै ७ अर्ब रुपैयाँ बढी कर राजस्वमा बुझाएको छ। यो वृद्धि समूहको व्यापार विस्तार र लगानीगत गतिशीलता तीव्र रूपमा अघि बढिरहेको संकेतका रूपमा लिइएको छ।
चौधरी ग्रुपले पछिल्ला पाँच वर्षमा कुल ९२ अर्ब २६ करोड रुपैयाँ कर तिरेको छ। आर्थिक चुनौती, आयातमा निर्भर बजार, निजी क्षेत्रमैत्री नीतिको कमी तथा लगानीमा देखिने जोखिम हुँदाहुँदै पनि समूहले राजस्व योगदानमा निरन्तर वृद्धि गर्दै आएको छ।
समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कर भुक्तानीमा देखिएको पारदर्शिताले निजी क्षेत्रप्रतिको विश्वास र उत्तरदायित्व दुवै प्रकट भएको बताएका छन्। “ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदान विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभारी छौँ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले थपे, “गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वमा उल्लेखनीय योगदान गरेको छ। चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ।”

LEAVE A REPLY