नेपाली कम्युनिष्ट पार्टीभनेको वामपन्थी विचारधाराबाट गिरेको र पतन भएको पार्टी होः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रलगायत दलहरुको एकताबाट बनेको नेपाली कम्यूनिष्ट पार्टीर्कोको आलोचना गरेका छन् । उनले भनेका छन्, नेपाली कम्युनिष्ट पार्टी भनेको वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरुले खोलेको पार्टी हो ।
उनले नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै त्यस्तो आलोचना गरेका हुन् । वामपन्थीबाट र बामपन्थी विचारबाट पतन भइसकेका,उद्देश्यबाटरआचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान नरहेको बताए ।
उनले भने,‘पार्टी सबभन्दा मजबुद बनाउन त्यति सजिलो छैन् । केही मान्छेहरु छन् बाम एकता भनेर घाँटी बसुन्जेल कराएका छन् । हामी सँधै त्यसरी वाम एकता गर्दैनौं । परेका बेला जाग्छौं । वामपन्थीबाट झरिसकेका वामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान छैन् ।
त्यस्तै उनले स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको बताए । नेकपा एमालेसँग असहमति राख्नेका लागि पनि जिउधनको रक्षा गर्ने काम र अधिकारको लागि फोर्स गठन भएको भन्दै यसको गठन र मजबुदीसँग कोही पनि तर्सिन नपर्ने उनको भनाई छ ।
उनले भने, ‘स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि, लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको हो । नेकपा एमालेसँग अथवा संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा र अधिकारको लागि गठन भएको हो । त्यसैले यसको गठन, विकास र मजबुदीसँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन
अध्यक्ष ओलीले घर फर्क अभियानमार्फत नेकपा एसबाट एमालेमा फर्कनेहरुलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको जानकारी गराए ।
‘








