राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्षमा रमेश अर्याल नियुक्त,

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त सञ्चालक समिति अध्यक्ष रमेश अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले शुक्रबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा अर्याललाई शपथ गराएका हुन्।
कम्पनीको सञ्चालक समितिको मंसीर ५ गते बसेको बैठकले, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक समेत रहेका अर्याललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल, राष्ट्रिय जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीसहित अन्य पदाधिकारीहरूको उपस्थितिरहेको थियो।

LEAVE A REPLY