जेनजीहरुको माग र आन्दोलनको उद्येश्य सही होःप्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीहरुको माग र आन्दोलनको उद्येश्य सही भएकोले अब युवाहरुलाई नै मुलुकको जिम्मेवारी सुम्पिने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा जेनजी युवाहरुसँग अन्तरक्रिया गर्दै प्रचण्डले अब अघिल्लो पुस्ताले वैचारिक र सांस्कृतिक रुपमा युवा पुस्तालाई अगाडि बढाउनुपर्ने आश्यकता औंल्याए । ‘तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो । यो संकल्प हामीले गर्नुपर्छ,’, प्रचण्डले भने ।
प्रचण्डले राष्ट्रको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा अगाडि बढ्नुपर्ने धारणा राखे । उनले जेनजी विद्रोहपछि भने झनै ऊर्जा प्राप्त भएको बताए । प्रचण्डले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले राजनीतिक दलहरुलाई नराम्रोसँग झक्झक्याएको टिप्पणी गरे ।

LEAVE A REPLY