काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा भाग लिन यही २१ मंसिर गते बिहान १० बजेदेखि २३ मंसिर दिउँसो ४ बजेसम्म निर्वाचनकार्यलयमा राजनीतिक दलहरूले निवेदन पेश गर्न पाउने भएका छन् ।
दर्ता भएका दलको प्रारम्भिक नामावली मंसिर २४ गते सार्वजनिक गरिने आयोगका सहसचिव तथा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार राजनीतिक दलले उम्मेदवारको बन्दसूची पौष १३ र १४ गते बिहान १० देखि अपराह्न ४ सम्म पेश गर्नुपर्नेछ।आयोगले दर्ता तथा छानबिन प्रक्रियापछि माघ २० गते बिहान १० देखि साँझ ५ बजेसम्म समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गर्नेछ। समानुपातिक प्रणालीतर्फको मनोनयन तालिका सार्वजनिक भएपछि राजनीतिक दल आन्तरिक रूपमा उम्मेदवार छनोट, प्रदेशगत प्रतिनिधित्व, समावेशी कोटा तथा वैधानिक अनिवार्यतासहितको बन्दसूची मिलानमा सक्रिय हुने अनुमान गरिएको छ।









