यो छोटो कार्यकालम भूमी व्यवस्था ,सहकारी तथा गरिबी निवारण सम्बन्धी क्षेत्रलाइ सहि दिशामा ल्याउर्छु ःभूमी मन्त्री

काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नामले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रुपमा समाधानको प्रयास गर्ने बताएका छन् । आज शुक्रबार मन्त्री पदको शपथपछि सिंहदरबार पुगेर कार्यभार सम्हाल्दै मन्त्री इङ्नामले भूमिसम्बन्धी समस्या र भू(उपयोगका लागि देखिएका समस्यालाई समाधानको प्रयास गर्ने बताएका छन् ।
बिचौलियालाई प्राथमिकता दिएका कारण नागरिकले दुख पाएको उनले बताए । मन्त्री इङ्नामले बाँझो रहेका जमिनलाई उपयोग गर्नुपर्ने नीति ल्याउनुपर्ने धारणा राखे । नेताहरूले जनताको हितमा काम नगरेकाले जनताहरूले सधैँ समस्या भोग्नुपरेको उनको भनाइ छ । मन्त्री इङ्नामले भूमि आयोगका नाममा आफूखुसी जग्गा वितरण गर्ने काम अव नदोहरिने भन्दै पीडित जनतालाई न्याय हुने गरी अघि बढ्ने स्पष्ट पारे ।
उनले आफ्नो छोटो कार्यकालमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी क्षेत्रलाई सही दिशा दिने प्रयास हुने बताए ।

LEAVE A REPLY