एमालेद्वारा महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख कार्यकर्ता उतार्ने दाबी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीले आज शुक्रवार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिए । ‘नेकपा एमालेको ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग ९० प्रतिशत सकिएको छ । नेकपा एमालेका लागि यो ठाउँ नै उपयुक्त हुन्छ भनेर हामीले यो ठाउँ रोजेका हौँ । साउण्ड सिस्टमदेखि अन्य सबै व्यवस्थापनको तयारी अन्तिम तयारीमा रहेको छ’ उनले भने ।
पार्टीका केन्द्रिय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख नेता कार्यकर्ता सहभागि हुने विश्वास गरिएको बताए । पार्टीको महाधिवेशनसँगै प्रतिशोधविरुद्ध तथा संविधान र व्यवस्था रक्षाको महाअभियान समेत शुरु हुन गइरहेको बताए ।उनले महाधिवेशनमा विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिएपनि शुभकामना पठाउन आग्रह गरिएको बताए । त्यसबाहेक विभिन्न १६ दलका नेताहरुलाई उद्घानटन सत्रमा सहभागि हुने उनको भनाइ छ । पार्टीको विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेकाले महाधिवेशन पूर्णतः नेतृत्व चयनमा केन्द्रित हुनेछ ।
पार्टी अध्यक्षमा केपी शर्मा ओली नै तेह¥याउने तयारीमा छ । अध्यक्ष पदका लागि उहाँसँग पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिष्पर्धा गर्दै छन् ।

LEAVE A REPLY