शंकर पोखे्रलले ल्याए युवा कोटाको प्रस्ताव

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा सबै क्लस्टरबाट ४० वर्षमुनिका युवाको कोटा सुनिश्चित गर्ने प्रस्ताव अघि सारेको छ।
भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्। प्रस्तावअनुसार पार्टीको केन्द्रीय संरचनामा युवाको सहभागिता बढाउने उद्देश्यले प्रत्येक प्रदेशबाट ४० वर्षमुनिका युवालाई अनिवार्य रूपमा समेटिने व्यवस्था गरिएको छ।
महासचिव पोखरेलका अनुसार कोशी प्रदेश कमिटीमा ४० वर्षमुनिको १ जना युवा, खुलातर्फ ६ जना र महिलातर्फ १ जना रहने प्रस्ताव गरिएको छ। मधेश प्रदेशमा पनि सोही संरचना लागू हुने जनाइएको छ।
बागमती प्रदेशमा ४० वर्षमुनिको १ जना युवा, खुलातर्फ ६ जना र महिलातर्फ ३ जना रहने व्यवस्था प्रस्ताव गरिएको छ। गण्डकी प्रदेशमा पनि यही संरचना लागू हुने उल्लेख गरिएको छ।
त्यस्तै, कर्णाली प्रदेश कमिटीमा ४० वर्षमुनिको १ जना युवा सहित खुलातर्फ ६ जना र महिलातर्फ ३ जना रहने प्रस्ताव छ। राजधानी प्रदेश कमिटीमा पनि ४० वर्षमुनिको १ जना युवा, खुला ६ जना र महिला ३ जना रहने व्यवस्था प्रस्ताव गरिएको छ।

LEAVE A REPLY