काठमाण्डौ,रास्वपाका सभापति रवि लामिछानेले थुना मुक्त भए संगैलडाइँ अझै बाँकी रहेको बताएका छन् । जिल्ला अदालत रुपन्देहीमा पुगेर बिगोबापतको रकम बुझाई रिहा भएलगत्तै उनले न्यायको लडाइँ आफ्नो लागि नभई देशको लागि भएको बताएका हुन् ।
उनले भने,न्यायको यो लडाइँ मेरो बाकी नै छ । मैले अझ धेरै लड्नु छ र अहिले लड्नु पर्छ । लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि । यो देशको न्यायका लागि लड्नुपर्ने छ । ू
अन्य दलहरूले आफूमाथि मात्र नभई सिंगो देशमाथि अन्याय गरेको बताउँदै त्यो सबैको हिसाबकिताब गरेर मात्रै धेरै बोल्ने बताएका हुन् ।
उनले भने, ूयिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नु छ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौँला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।
देशले छिट्टै न्याय पाउने बताउँदै आफ्नो बोल्ने दिन आउने दोहोर्याए । उनले भने, ूम आशा गर्छु यो देशले चाँडै न्याय पाउनेछ । हस् सबैको जय होस्, मैले बोल्ने समय आउँदै छ । केही समय धैर्य गर्नुहोला । मैले धेरै कुरा भन्न बाँकी छ । सबैजनालाई, सबै जनालाई यो माया, यो साथ, यो विश्वास, यो अनवरत सद्भावको लागि म धेरै धेरै धन्यवाद दिन्छु । आज मैले यति नै बोले, यति मात्र संकेत गरे । धेरै बोल्ने दिन आउँदै छ ।
अदालतसमक्ष उपस्थित गराउन प्रहरीलाई आग्रह गरेपछि पुगेका उनले तीन करोड ७४ लाख ८४ हजारबराबरको बैंक जमानत बुझाएर छुटेका हुन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार पुस ३ गते उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही पुगेका हुन् ।
रवि आज पुस ४ बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जाने तयारीमा थिए । तर, गौतमबुद्ध विमानस्थलको भिजिबिलिटी कम भएर उडान नभएपछि भरतपुरसम्म विमान र त्यहाँबाट गाडीमा रुपन्देहीपुगेका थिए । उनलाई नेपाल प्रहरीको रोहबरमा रुपन्देही भैरहवा पुर्याईको थियो ।








