निर्णय बदल्ने दाउमा सभापतिदेउवा

९ पुस, काठमाडौं । थुप्रै गृहकार्य पछि २८ असोजमा शेरबहादुर देउवाले कांग्रेस सभापतिको कार्यकारी भूमिका त्याग्ने स्पष्ट निर्णय दिएका थिए । अढाइ महिना पुगनपुग हुँदा उनले आफ्नो पूर्व निर्णय बदल्ने छनक दिएका छन् भने पुर्णबहादुर खड्का पुनरागमनका लागि बाटो सहज गरिरहेका छन् ।
पूर्णबहादुर खड्काले डेढ महिनासम्म पार्टीको बैठक धकेल्दा पनि थापा र शर्माले त्यसलाई महाधिवेशन टार्ने खेल भनी बुझ्न सकेका थिएनन् । खड्काले देउवालाई फर्किनका लागि जग बनाएका हुन् भन्ने बुझाइ उनीहरुको थिएन । यति बेला भने खड्का मज्जैसँग देउवालाई फर्किने आधारभूमि बनाइरहेका छन्, र पार्टीभित्र परिवर्तनको आवाज मत्थर गराउन उनी पात्र बन्न पुगेका छन् ।
विगतको संसदमा आफ्नो दलपछिको दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी ओलीको ‘उत्प्रेरणा’ अनि पार्टीभित्रको निकट समूहको ग्रीन सिग्नल पछ्याउँदै देउवाले फेरि सक्रियताको चाहना गरेका हुन् ।
मंगलबार शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीसँगको बैठकमा उनी स्वयंको सहभागिताहुनुले धेरै अर्थ राख्द छ ।

देउवाले कार्यकाल थोरै बाँकी छँदाछँदै पनि जेनजी विद्रोहमार्फत् युवाहरुले देखाएको नेतृत्व परिवर्तनको आह्वानलाई सम्मान गर्ने संकेतस्वरुप कार्यबाहक तोकेका थिए । अहिले उनको पुनरागमन तयारीबाट सबैभन्दा विस्मित छन् उनै महामन्त्रीद्वय थापा र शर्मा ।
महामन्त्रीद्वय विस्मित नहुन् पनि किन १ असोज २८ गतेको केन्द्रीय समितिको बैठकमा १३ पृष्ठको मन्तव्य दिएका देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई सुम्पिएका थिए । त्यतिबेला लिखित धारणा राख्दै उनले आफूले पार्टी र सरकारको नेतृत्व गरेका बेलाका महत्त्वपूर्ण उपलब्धीको चर्चा गरेका थिए ।
त्यही भएर हुनसक्छ, धेरैले त्यसलाई देउवाको बिदाइ मन्तव्यको रुपमा व्याख्या गरेका थिए । तर पछिल्लो केही हप्ताको गतिविधिले देखाउँछ, उनी ‘सक्रिय राजनीति’ मै छन् ।
जेनजी विद्रोहसँगै पार्टीभित्र पुनर्गठन र नेतृत्व परिवर्तनको मागलाई थप चर्काइरहेका थापा र शर्माले आफूहरुमाथि धोका भएको अनुभूति गरेका छन् ।
‘२८ असोजमा देउवाले आफ्नो कुरा जसरी राख्नुभयो, अनि त्यसअघिका औपचारिक, अनौपचारिक बैठकमा जसरी उहाँ कन्भिन्स हुनुभएको थियो, मैले उहाँका कुरालाई त्यसरी नै लिएँ,’ थापाले भने, ‘आज त्यसबेलाको मेरो बुझाइ गलत भएकोमा म पुगेँ, किनकि देउवा आफ्नो निर्णयमा अडिनुभएन ।’

LEAVE A REPLY