काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध १३ बुँदे माग अघि सार्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक रूपमा ज्ञापनपत्र बुझाएको छ । मंगलबार शीतल निवास पुगेका पार्टी महासचिव विप्लव ‘सी’ ले मुलुकमा देखिएको राजनीतिक अन्योल, सुशासनको संकट र संरचनागत सुधारका विषय उठाउँदै राष्ट्रपति पौडेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । जेन–जी आन्दोलनपछि राजनीतिक अस्थिरता थप चर्किएको दाबी गर्दै विप्लवको पार्टीले अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग अघि सारेको छ ।








