काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेपछि उनले मुलुक र मन्त्रालयको हितमा योगदान दिन सकिन्छ भने जिम्मेवारी लिनु उचित ठानेर आफू मन्त्री बनेको बताए। आगामी निर्वाचनका सन्दर्भमा आवश्यक परे छिमेकी तथा मित्रराष्ट्रहरूसँग सही र पारदर्शी ढंगले सहकार्य गरिने उनको भनाइ छ।
मन्त्री शर्माले मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सकारात्मक र सुदृढ बनाउँदै लैजाने उल्लेख गर्दै नेपालको छवि विश्वभर कसरी राम्रो बनाउने भन्ने विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए। उनले राजदूतहरूले आ–आफ्ना कार्यक्षेत्रमा गरेका कामको मूल्यांकन हुने विश्वास व्यक्त गर्दै छिमेकी देशहरूसँग सकारात्मक भूमिका खेल्ने प्रतिवद्धता जनाए।
उनले भने, “नेपाल हाम्रो मुलुक हो। यसलाई जति उपेक्षा गर्यौं, त्यति समस्या बढ्छ। मुलुक र मन्त्रालयको हितमा योगदान दिन सकिन्छ भने रोक्नु हुँदैन भन्ने सोचका साथ आएको हुँ।”
मन्त्री शर्माले आज शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।