काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावाली शनिबार सार्वजनिक गरेको छ । आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पुरा भई मतदान दिन योग्य मतदाताको संख्या १,८९,०३,६८९ रहेका छन् ।
आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।
प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएका छन्छ । मतदाताले आफ्नो नाम र विवरण आयोगको वेबसाइटमा हेर्न सक्नेछन् ।
०७९ सलमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१,४०,८०६, महिला ८८,४७,५७९ र अन्य १८५ गरी कुल मतदाता संख्या १७९८८५७० थियो ।









