अध्यक्ष ओली उपचारपछि अस्पतालबाट घर फिर्ता

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओली उपचारपछि अस्पतालबाट हिजो घर फर्कनु भएको छ । त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका उहाँ उपचारपश्चात घर फर्कनुभएको अस्पतालका प्रवक्ता डा.गोपाल सेढाइँले जानकारी दिनुभयो । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहनुभएको थियो ।
शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले उहाँलाई सुझाव दिनुभएको अस्पतालमा प्रवक्ता डा.सेढाइँले बताउनुभयो ।चैत्र १४ गते अस्पताल भर्ना हुनुभएका अध्यक्ष ओलीको चैत ३० गते पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालीएको थियो ।

LEAVE A REPLY