तीन दलका शिर्ष नेताहरुलाई बोलाएर प्रधान मन्त्री कार्किले के भनिन्?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्कीको निमन्त्रणामा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डकाबीच छलफल भएको हो ।
छलफलको सुरूवातमा प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणा स्वीकार गरी उपस्थित भएकामा तीन नेताहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीले सरकारले राष्ट्रपतिबाट प्राप्त कार्यादेश अनुसार निर्वाचन गराउनका लागि सरकारले तयारी तीव्र पारिरहेको बताइन्।
उनले शिर्ष नेताहरुसँग भनिन् , ‘यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं’ ।
त्यसकारण निर्वाचनलाई सफल पार्नु पर्ने विषयमा छलफल गर्नका लागि आफूले नेताहरूलाई बोलाएको प्रधानमन्त्री कार्कीले बताइन्। मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ, प्रधानमन्त्री कार्कीले दलका नेताहरुलाई भनिन्।
निर्वाचन आयोग र प्रहरी प्रशासनलाई पनि भनेजति नै स्रोतसाधनको व्यवस्था गरेको पनि प्रधानमन्त्री कार्कीले बताइन्।

LEAVE A REPLY