डा बाबुराम भट्टराई र जनार्दन शर्माको संरक्षकत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी र कुलमान घिसिङको संरक्षकत्वमा पार्टीबीच एकताको तयारी भइरहेको छ।
दुवै पार्टीका वार्ता टोलीबीच पटक(पटक छलफलपछि आइतबार साँझ शीर्षतहका नेतासहितको छलफल हुने ऊज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिए।
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले ुहामी निरन्तर संवादमै छौँ। हाम्रो गन्तव्य पार्टी एकतासम्मको हो, उनले भने।
यसअघि कुलमान नेतृत्व ऊज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताको तयारीमा थियो । तर, रास्वपामा विलय हुने गरी नजाने निर्णय गरेको थियो
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पनि यसअघि पटकपटक छलफल भएको र आज पनि छलफल हुने जानकारी दिए ।








