बालेन रा.स्व.पा. बाट प्रधान मन्त्रीको उम्मेदवार बन्ने

बालेन रा.स्व.पा. बाट प्रधान मन्त्रीको उम्मेदवार बन्ने
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह रा.स्व. पा. बाट प्रधान मन्त्रीको उम्मेदवार बन्ने सहमति भए सँगै २ हप्तापछि माघ ६ गते महानगरको जिम्मेवारी छोड्ने भएका छन्।
मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो।
फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि उनले जिम्मेवारी छोड्ने तयारी गरेका हुन् । सहमति अनुसार प्रधानमन्त्री हुन उनले माघ ६ गते भित्र महानगरको प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ । महानगरमा प्रमुखको रिक्त पदमा रविका दाजु नियुक्त हुने चर्चा चलेको छ ।

LEAVE A REPLY