नदीमा फसेर दुईमहिनाको डमरुको मृत्यू

१८ पुस, धनगढी । कञ्चनपुरमा नदीमा फसेको बाघको बच्चा डमरूको मृत्यु भएको छ ।समयमै उद्धार पुगेको भए डमरुको मृतयू नहुने स्थानीयहरु बताउछन् ।
दोधारा चाँदनी नगरपालिका–१ को चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै जोगबुढा नदीमा फसेको बाघको डमरूको मृत्यु भएको हो
नदीको हिलो र पानीमा फसेको अवस्थामा बुधबार बिहान डमरू भेटिएको थियोे ।
स्थानीयले तत्कालै डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई खबर गरेका थिए तर दुवै निकायबाट उद्धारमा ढिलाइ भएको स्थानीयले बताए ।
मृत्यु भएको डमरूको उमेर करीब दुई महिनाको थियो ।
डिभिजन वन कार्यालय प्रमुख भन्छन्– निकुञ्जको लापरवाही
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँमटा राष्ट्रिय निकुञ्जनको लापरवाहीका कारण डमरूको मृत्यु भएको दाबी गरे ।
उनले डमरू नदीमा फसेको अवस्थामा रहेको थाहा पाएपछि आफू उद्धारका लागि घटनास्थल जान खोजे पनि सशस्त्र प्रहरीले राष्ट्रिय निकुञ्जका वार्डेनको अनुमति बिना जान नदिने भन्दै रोकेको बताए । निकुञ्जले आफू पनि उद्धार नगर्ने र वनको टोलीलाई समेत रोकेकै कारण डमरूको मृत्यु भएको बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले डमरूको उद्धारमा ढिलाइ भएको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन् ।
दिउँसो २ बजेतिर डमरू नदीमा फसेको खबर प्राप्त भएपछि चिकित्सकसहितको प्राविधिक टोली घटनास्थल पुगेको उनको भनाइ छ ।

LEAVE A REPLY