काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बिहिबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अचानक नियमित महाधिवेशन स्थगन भएको र विशेष महाधिवेशनको मिति र प्रक्रिया थालेपछि सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
महामन्त्रीहरुले विशेष महाधिवेशनको मिति घोषणा गरेपछि देउवाले पार्टीभित्र उत्पन्न विवादलाई छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।








