अध्यक्ष ओलीद्वारा जाचबुझ आयोगलाई लिखितरुपमै जवाफ पेश

२० पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो भनाइ राखेका छन् । जाँचबुझ आयोग सम्बद्ध स्रोतले ओलीले आयोगमा ‘आफ्नोधारणा दिएको’ पुष्टि गरेको छ ।
‘आयोगको टोलीले उहाँलाई पत्र काटेको थियो । पत्र बुझ्नासाथ उहाँ आफ्नो भनाई राख्न तयार हुनुभयो’ आयोगसम्बद्ध स्रोतले भन्यो, ‘त्यसपछि आयोगको टोली लउहाँ लेको लिखित धारणा लिएर फर्किएको हो ।
आयोगसम्वद्ध स्रोतका अनुसार, ‘ओली निकटका व्यक्तिहरूको संकेतअनुसार नै आयोगको टोली पत्र लिएर ओलीलाई भेट्न गएको थियो । त्यहाँ ओलीले मौखिक रुपमा नभई लिखित रुपमा नै आफ्नो दृष्टिकोण र जवाफ पेस गरेका थिए ।

जाँचबुझ आयोगमाथि प्रश्न उठाउदै पूर्वप्रधानमन्त्री ओली सिंहदरबारमा पुगेर बयान दिन अस्वीकार गरेका थिए । तर पछिल्लो समय आफ्नो भनाइ फेर्दै ओलीले गुण्डुमा आए आयोगको टोलीलाई चिया खुवाएर पठाउने धारणा राखेका थिए ।
आयोगका पदाधिकारीहरु बयानमा गएका व्यक्ति, त्यसक्रममा सोधिएको प्रश्न र जवाफबारे विस्तृत रुपमा बताउन चाहँदैनन् । निकै गोप्य रुपमा पत्र तयार गर्नुका साथै आयोगको टोली ओलीसँग भेट्न गएको थियो ।
‘सबैको बयान र संकलित विवरणअनुसार ६० वटाभन्दा बढी प्रश्नहरू तयार भएका थिए’ आयोगसम्बद्ध स्रोतले भन्यो, ‘तिनै प्रश्नमा केन्द्रित भएर जवाफ लेखेको हुनुपर्छ
पटक(पटक आयोगमा बयान दिन नजाने बताउँदै आएका ओलीले आज लिखित रुपमै आफ्नोधारणा बुझाएका हुन्

LEAVE A REPLY