आज देश भर उम्मेदवारहरुको मनोनयन दर्ता हुँदै

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका रहेको छ ।
आयोगका अनुसार बिहिबार अर्थात पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने , पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेआयोगको भनाई छ ।।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन्।

LEAVE A REPLY