२४ पुस, काठमाडौं । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाउदै १ लाख ३३ हजार ९८० जना (म्यादी ) निर्वाचन प्रहरीको माग गरेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै सो सख्यामा प्रहरी माग गरेको छ ।
भर्नाका लागि यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म दर्खास्त दिन सकिनेछ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा उल्लेख छ ।









