फोहोर प्रशोधन केन्द्र नहुदा पोखरामा फोहोर व्यवस्थापन समस्या विकराल बन्दै

पोखरा , पोखरा महानगर पालिकामा फोहोर व्यवस्थापन केन्द नहुदा फोहोरको समस्या विकराल बन्दै छ । यो समस्या हल गर्नको लागि पोखरा महानगरपालिकाले फोहोर प्रशोधन केन्द्र निर्माणका लागि ७० रोपनी जग्गा १ महिनाभित्र उपलब्ध गराउने भनेको भए पनि स्थानीय सँगको विवाद र जगाको मुल्याकन नमिल्दा जग्गा उपलब्ध गराउन असफल भएको छ।
पोखरा महानगरपालिका ३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण सम्झौताअनुसार स्थानीयबाट १ महिनाभित्र जग्गा उपलब्ध गराउन पोखरा महानगरपालिका असफल भएको हो ।
पोखरा महानगरपालिकाले ७० रोपनी जग्गा १ महिनाभित्र खरिद गर्न उपलब्ध गराउने र त्यहाँ ८० करोड रुपैयाँ लगानी गरेर प्रशोधन केन्द्र निर्माण गर्ने सम्झौता भएको थियो । मंसिर २ गते पोखरा महानगर र टेरासोल्भ रिनुएवल प्रालिबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत सम्झौता भएको थियो।
मंसिर २ गते महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्याल, एमाले दल नेता राधिका शाही, वडा नम्बर ३३ का अध्यक्ष रामचन्द्र अधिकारी, वित्त महाशाखा प्रमुख जयराम पौडेल, कानुन महाशाखा प्रमुख नारायण शर्मा, सिनियर डिभिजन इन्जिनियर विमलरञ्जन कार्कीलगायतले हस्ताक्षर गरेका थिए।
सानिसा अन्तर्गत छनोट भएको कम्पनीका तर्फबाट अध्यक्ष विमल शर्मा पोखरेल, कम्पनीका नीरबहादुर कार्की, कृष्ण शर्मालगायतले सम्झौतामा हस्ताक्षर गरेका छन्
सम्झौता लागू भएको मितिले ३० दिनभित्र आयोजना क्षेत्रको लागि वातावरणीय र प्राविधिक दृष्टिकोणले उपयुक्त जग्गा उपलब्ध गराउनुपर्ने र त्यो असक्षम भए लिखित रूपमा निजी कम्पनीलाई जानकारी दिनुपर्ने सम्झौतामा उल्लेख गरीएको छ ।

LEAVE A REPLY