काठमाडौँ, असार १६ गते । त्रिभुवन विश्वविद्यालयले आफ्ना सम्पूर्ण विभागलाई दलीय विद्यार्थी सङ्घ, सङ्गठन हटाउन निर्देशन दिएको छ ।
त्रिवि शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सम्पूर्ण विभागीय प्रमुखलाई सोमबार पत्र पठाउँदै यी संरचना हटाई यथाशीघ्र जानकारी गराउन निर्देशन दिएको हो ।
विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनात्मक पत्रका आधारमा त्रिविले यो कदम चालेको हो । शिक्षा क्षेत्रमा राजनीतिक दलको हस्तक्षेप अन्त्य गर्न, विद्यार्थीका वास्तविक समस्या र आवाजलाई सही ढङ्गले सम्बोधन गर्न तथा खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि यो निर्णय गरिएको निर्देशनालयका उपप्रशिक्षक सन्देशकुमार रेग्मीद्वारा जारी पत्रमा लेखिएको छ ।









