वर्षको १९५ दिन विद्यालय खोल्न निर्देशन

काठमाडौ । यस वर्ष हप्तामा दुई दिन बिदा दिने विवादले विद्यार्थीहरुको पठनपाठनमा असर पर्ने देखिएपछि शिक्षा तथा मानस्रोत विकास केन्द्रले चालु शैक्षिक सत्रमा १९५ दिन विद्यालय खोल्न निर्देशन दिएको छ । शिक्षा तथा मानवस्रोत केन्द्रले शनिबार र आइतबार दुईदिन विद्यालय बन्द भएपछि नियमित रुपमा १८४ दिन र ११ दिन वर्षे विदा जोडेर १९५ दिन पठनपाठन चालु गर्न निर्देशन दिएको हो ।
केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सबै शिक्षण संस्थालाई १९५ दिन पठनपाठन गर्ने व्यवस्था गरेको हो । केन्द्रका उपमहानिर्देशक महेन्द्र प्रसाद पराजुलीले चालु शैक्षिक सत्रदेखि १ हजार २४ पाठ्यघण्टा कायम गरेको जानकारी दिनुभयो ।
उहाँले १९५ दिने पठनपाठनका अलवा ७९ घण्टा लचकता दिने व्यवस्था मिलाएको छ, जस अनुसार उक्त दिन परियोजना लगायत अन्य क्रियाकलाप गर्ने व्यवस्था गर्न समेत निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार सबै सामुदायिक र संस्थागत विद्यालयले दुई दिन सार्वजनिक बिदा पूर्ण रुपमा कार्यान्वयन गरेका छन् । उहाँले भन्नुभयो– ‘केही स्थानीय तहले आइतबार विद्यालय खोल्ने निर्णय गरेका थिए, तर विद्यार्थीले बन्दको दिन पनि विद्यालय खोलेको विषयमा उजुरी गरेपछि अहिले पूर्ण रुपमा आइतबार बन्द भएका छन् ।

LEAVE A REPLY