ईपीजीका नेपाल संयोजक डा.भेष बहादुरथापाले परराष्ट्रलाई बुझाए कागजातहरूको चाबी

नेपाल(भारत प्रबुद्ध समूह ईपीजी का नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले प्रतिवेदन र कागजात राखिएको दराजको चाबी परराष्ट्र मन्त्रालयलाई बुझाउनुभएको छ ।
संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्रमन्त्री र परराष्ट्र सचिवलाई चाबी हस्तान्तरण गर्नुभएको हो ।
सन् २०१६ देखि २०१८ सम्म अध्ययन गरी तयार पारिएको सो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले हालसम्म बुझेका छैनन् ।
२१ जेठ, काठमाडौं । नेपाल भारत प्रबुद्ध समूहका नेपालतर्फका संयोजक डा। भेषबहादुर थापाले इपिजीको प्रतिवेदन र त्यससँग सम्बन्धित कागजात राखिएको दराजको चाबी परराष्ट्र मन्त्रालयलाई नै जिम्मामा राख्न दिएका छन् । उमेरका कारण आफ्नो स्वास्थ अवस्थालाई कारण देखाउँदै उनले परराष्ट्र मन्त्री र परराष्ट्र सचिवको जिम्मामा चाबी हस्तान्तरण गरेका हुन् ।
नेपाल र भारतका समस्या र समाधानमा उपाहरू खोज्न दुवै देशले प्रबुद्ध व्यक्तिहरूको समूह गठन गरेका थिए । ईपीजीले सन् २०१६ देखि २०१८ सम्म अध्ययन गरेको थियो । उक्त अध्ययन प्रतिवेदन दुवै मुलुकका प्रधानमन्त्रीहरूले बुझ्नुपर्ने थियो । तर अहिलेसम्म बुझेका छैनन् ।
‘भेषबहादुर थापाले आफ्नो उमेरको कारण देखाउँदै दराजको चाबी परराष्ट्रको जिम्मामा दिनु भएको हो,’ परराष्ट्रमन्त्री शिशिर खनालले भने,’प्रतिवेदन त हामीले बुझ्ने होइन । प्रधानमन्त्रीस्तरमा बुझ्ने हो ।’

LEAVE A REPLY