पर्वतारोहण गाईड दावा शेर्पालाई उपचारका लागि काठमाडौं ल्याइँदै

सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा २१ जेठको बिहान खुम्बु आइसफल क्षेत्रमा जीवितै फेला परेका छन् ।
जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका शेर्पालाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइँदैछ ।
उनलाई एटके एक्सपिडिसनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाको निजी खर्चमा परिचालित टोलीले हिउँमा घिस्रिँदै गरेको अवस्थामा फेला पारेको हो ।
उनी हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध थिए । खोजीमा खटिएका एटके एक्सपिडिसनका एमडी पेम्बा शेर्पाका अनुसार हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा दावालाई फेला पारिएको हो ।
उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइँदैछ । फेसबुकमा सार्वजनिक दावाका तस्वीरहरुमा उनका हातका औंलामा घाउ भएको देखिन्छ ।
दावा यही जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए । उनको खोजीमा एटके एक्सपिडिसनका एमडी शेर्पाले आफ्नै खर्चमा अल्टिच्युड एयरको हेलिकोप्टरसहितको टोली परिचालन गरेका थिए । आज उनलाई फेला पारेर आधार शिविर हुँदै उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा सम्पर्कविहीन भएका थिए ।

LEAVE A REPLY