अध्यक्ष ओलीद्वारा निर्वाचनका लागि सदैव तैनाथी अवस्थामा रहन पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र संकटमा रहेको बताउँदै ढिलो चाँडो मुलुक निर्वाचनमा जाने भएकाले सदैव तैनाथी अवस्थामा रहन र आवश्यक तयारी तीव्र पार्न नेता तथा कार्यकर्तालाई आह्वान गरे । अध्यक्ष ओलीले जेनजी आन्दोलन र त्यसपछिको उत्पन्न परिस्थितिको व्याख्या गर्दै केन्द्रीय कमिटिको दोस्रो बैठकमा यस्तो आह्वान गरेका हुन् ।

केन्द्रीय कमिटिको दोस्रो बैठकमा अध्यक्ष ओलीले पार्टीको सचेतना, सक्रिय र हस्तक्षेपकारी भूमिका एवम् लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको समेत प्रयासमा प्रतिगमनको थप शृङ्खलालार्य रोक्न सफल भएको बताए । उनले स्थापित राजनीतिक दलहरुलाई अस्वीकार र निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको जनाउँदै अझैं लोकतन्त्र माथि धावा बोल्ने काम भइरहेको दावी समेत गरे । अहिले सरकार दलहरुसँग संवाद गर्ने ठाउँमा आइपुगेको उनको भनाई छ । स्थापित दलहरुलाई निर्वाचनमा भाग लिन नदिने, घरबाट बाहिर निस्कनै नदिने भन्ने जस्ता विभिन्न शंकास्पद पात्रहरुको चुरीफुरीलाई विफल तुल्याएको अध्यक्ष ओलीको भनाई छ ।
राज्यका वैधता प्राप्त निकायले कुनै पनि विषयमा सोधपुछ गर्न बोलाउदा त्यहाँ गएर सहयोग गर्ने, अख्तियार प्राप्त निकायले मुद्दा अभियोजन गरे त्यसको कानून सम्मत सामना गर्ने र गल्ती भएको भए प्रचलित कानून बमोजिम उपयुक्त सजाय भोग्न तयार हुने अभ्यास आफ्नो पार्टीले गरेको बताएका छन् । विधिको शासनमा विश्वास गर्ने हाम्रो पार्टी यसमा प्रतिबद्ध भएको तर बदनीयतका साथ गरिने नाटक मञ्चनको भूलभूलैयामा नेकपा एमाले नपर्ने उनको भनार्य छ । उनले यतिबेला मुलुकको राजनीति कुनै राजनीतिक दर्शन, विचारधारा वा मुद्दामा होइन, भदौं २४ को विध्वंशलाई वैधता दिने की त्यसलाई अस्वीकार गर्दै लोकतन्त्रलाई पुनः स्थापित गर्ने भन्ने विषयमा ध्रुवीकृत हुन थालेको दावी गगरेका छन् । धम्की, घृणा, निषेध र हिंसाको बलमा नदेखिएपछि विध्वंसका पक्षधरहरु एक ठाउँमा आउन खोजी रहेको अवस्था भएको ओलीको भनाई छ । यतिबेला विचारहिन, कुनै सार्वजनिक जवाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादस्पद व्यक्तिहरु भेला भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थाहरुलाई चुनौती दिइरहेको पनि ओलीले दाबी गरे । राजनीतिक पार्टीहरुकै भूमिकाको बलमा लोकतन्त्र बलियो हुने हुँदा ती पार्टीहरुमा सँधै लोकतन्त्रको जगलाई भत्काउन नहुने धारणा रहनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा ओलीले भने, ‘लोकतन्त्र संकटमा छ । संविधान मिचिएको अवस्था छ । जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, निषेध, र हिंसाको धम्कीबाट अझै पनि मुलुक ग्रस्त छ । राष्ट्रिय एकता कमजोर बन्दै जाँदा बाह्य चलखेलको जोखिम बढेको छ । राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएको छ । मुलुकमा केही पनि भएन भनेर जर्बजस्त सृजना गरिएको नकारात्मक भाष्य छ । युवाहरुमा निराशा र अन्यौलता छ । समाजमा द्विविधा छ । यसलाई राम्ररी सम्बोधन गर्नुपर्ने छ । एमाले निर्वाचनबाट कहिल्यै पनि भाग्दैन बरु लोकतान्त्रिक शक्तिहरुका साथ सहकार्य गर्दै अगाडि जान तत्पर छ । फागुन २१ को प्रस्तावित निर्वाचनका बारेमा हामीले शुरुदेखि नै विचलित मान्यता राख्दै आएका छौं, शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सरकारले बताउन सकेको छैन । भदौ २४ गते भगाएका कैदीहरु ५ हजारभन्दा बढीलाई जेल बाहिरै बस्न दिएको, लुटिएको आधुनिक हतियारहरु फिर्ता ल्याउन नसकिएको, सात सय भन्दा बढी हतियार हजारौं राउण्ड गोली बाहिरै राखेको, सुरक्षाकर्मीको गिरेको मनोबललाई सम्बोधन गर्न नसकेको कारणले सुरक्षा चुनौती कायमै रहेको छ ।’केन्द्रीय कमिटिको दोस्रो बैठकमा अध्यक्ष ओलीले पार्टीको सचेतना, सक्रिय र हस्तक्षेपकारी भूमिका एवम् लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको समेत प्रयासमा प्रतिगमनको थप शृङ्खलालार्य रोक्न सफल भएको बताए । उनले स्थापित राजनीतिक दलहरुलाई अस्वीकार र निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको जनाउँदै अझैं लोकतन्त्र माथि धावा बोल्ने काम भइरहेको दावी समेत गरे । अहिले सरकार दलहरुसँग संवाद गर्ने ठाउँमा आइपुगेको उनको भनाई छ । स्थापित दलहरुलाई निर्वाचनमा भाग लिन नदिने, घरबाट बाहिर निस्कनै नदिने भन्ने जस्ता विभिन्न शंकास्पद पात्रहरुको चुरीफुरीलाई विफल तुल्याएको अध्यक्ष ओलीको भनाई छ ।
राज्यका वैधता प्राप्त निकायले कुनै पनि विषयमा सोधपुछ गर्न बोलाउदा त्यहाँ गएर सहयोग गर्ने, अख्तियार प्राप्त निकायले मुद्दा अभियोजन गरे त्यसको कानून सम्मत सामना गर्ने र गल्ती भएको भए प्रचलित कानून बमोजिम उपयुक्त सजाय भोग्न तयार हुने अभ्यास आफ्नो पार्टीले गरेको बताएका छन् । विधिको शासनमा विश्वास गर्ने हाम्रो पार्टी यसमा प्रतिबद्ध भएको तर बदनीयतका साथ गरिने नाटक मञ्चनको भूलभूलैयामा नेकपा एमाले नपर्ने उनको भनार्य छ । उनले यतिबेला मुलुकको राजनीति कुनै राजनीतिक दर्शन, विचारधारा वा मुद्दामा होइन, भदौं २४ को विध्वंशलाई वैधता दिने की त्यसलाई अस्वीकार गर्दै लोकतन्त्रलाई पुनः स्थापित गर्ने भन्ने विषयमा ध्रुवीकृत हुन थालेको दावी गगरेका छन् । धम्की, घृणा, निषेध र हिंसाको बलमा नदेखिएपछि विध्वंसका पक्षधरहरु एक ठाउँमा आउन खोजी रहेको अवस्था भएको ओलीको भनाई छ । यतिबेला विचारहिन, कुनै सार्वजनिक जवाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादस्पद व्यक्तिहरु भेला भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थाहरुलाई चुनौती दिइरहेको पनि ओलीले दाबी गरे । राजनीतिक पार्टीहरुकै भूमिकाको बलमा लोकतन्त्र बलियो हुने हुँदा ती पार्टीहरुमा सँधै लोकतन्त्रको जगलाई भत्काउन नहुने धारणा रहनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा ओलीले भने, ‘लोकतन्त्र संकटमा छ । संविधान मिचिएको अवस्था छ । जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, निषेध, र हिंसाको धम्कीबाट अझै पनि मुलुक ग्रस्त छ । राष्ट्रिय एकता कमजोर बन्दै जाँदा बाह्य चलखेलको जोखिम बढेको छ । राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएको छ । मुलुकमा केही पनि भएन भनेर जर्बजस्त सृजना गरिएको नकारात्मक भाष्य छ । युवाहरुमा निराशा र अन्यौलता छ । समाजमा द्विविधा छ । यसलाई राम्ररी सम्बोधन गर्नुपर्ने छ । एमाले निर्वाचनबाट कहिल्यै पनि भाग्दैन बरु लोकतान्त्रिक शक्तिहरुका साथ सहकार्य गर्दै अगाडि जान तत्पर छ । फागुन २१ को प्रस्तावित निर्वाचनका बारेमा हामीले शुरुदेखि नै विचलित मान्यता राख्दै आएका छौं, शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सरकारले बताउन सकेको छैन । भदौ २४ गते भगाएका कैदीहरु ५ हजारभन्दा बढीलाई जेल बाहिरै बस्न दिएको, लुटिएको आधुनिक हतियारहरु फिर्ता ल्याउन नसकिएको, सात सय भन्दा बढी हतियार हजारौं राउण्ड गोली बाहिरै राखेको, सुरक्षाकर्मीको गिरेको मनोबललाई सम्बोधन गर्न नसकेको कारणले सुरक्षा चुनौती कायमै रहेको छ ।’

LEAVE A REPLY