सिद्धार्थ बकको कार्यभार बस्यालको काँधमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिइओमा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् यस सँगै बैंकको कार्यभार उहाँको काँधमा पर्न गएको हो । । । बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै अनुभव संगालेका छन् ।
सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भई उनले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरि सकेका छन् । उनलाई गत पौष २५ गते देखि नै लागू हुने गरी बैक सञ्चालक समितिले नियुक्त गरेको थियो ।

उनले विगत ३६ वर्षको बैंकिङ कार्यकालमा विभिन्न भूमिकामा रही समग्र बैंक सञ्चालनसम्बन्धी अनुभव प्राप्त गरेका छन् ।कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनको विशेष योगदान रहेको छ ।

LEAVE A REPLY