आनीबक्ष पियूषी
शिक्षा यस्तो कारक माध्यम रहेछ, जस्ले मानिसलाई माथिल्लो श्रेणीमा पु¥याउन सक्छ । अज्ञानताको मार्मिक दुरावस्थाबाट मुक्त गराएर ज्ञानै ज्ञानको महासागरमा प्रवाहित गराउँदै पौडिएर दुःखै दुःखको छालबाट छिछोलेर पारीतर्न साथ दिएकै हुन्छ । म त जान्दिन न त भनेर आत्मग्लानीको शिकार हुनु पर्दो रहेन छ । बरु यसको सट्टा यस्तो समस्यालाई यसरी गर्न सके अप्ठ्यारोले पनि धेर्ने रहेनछ । यहि कारणहरुले गर्दा मानिस शिक्षा भने पछि विशेष चासोका साथ अधि बढ्छ । अरुलाई दुःख दिनु नपर्ने तर आफुलाई सजिलो हुने युक्तिहरु मानिसले शिक्षाको माध्यमबाट सिक्न चाहन्छ । शिक्षाको सहाराले मानिस साना साना देखि ठुला ठुला पोखरी ताल, महासागर जत्रा ज्ञानामृत पान गर्न सक्छ । आजभोली चल्दै गरेको मोबाइल, ल्यावटपमा नपत्याउँन्दो तरिकाले कति कुरा अटाएको हुन्छ, त्यस्तै मानिसको दिमागमा पनि अथाह भण्डारन भएका ज्ञानका तरेलीहरु थुप्रिरहेका हुन्छन् । थुपारिहेको छ मानिस । शिक्षाको माध्यमबाट ज्ञानका तरेलीहरु जति थुप्रिएका छन् ति तरेलीहरुले मानिसको जीवन गाथालाई भने कस्तो अवस्थामा शोभा दिइरहेका हुन्छन् भनेर चासो देखाउनु पनि समय सापेक्षामा खाँचो पदौ नै हुन जान्छ । सिंक्न त सिक्छ मान्छे आफुलाई मन लागेको कुरा सिक्छ । सिकेर दिमाग मात्र सजाउँछ कि काम गरेर पनि देखाउँछ ? यसैमा शिक्षाको सार झल्कि रहेको हुन्छ । नराम्रो अवस्थाबाट राम्रो अवस्थामा पुरÞ्याउनु शिक्षाको काम नै हो । पछि परेकालाई अघि बढाउनु शिक्षाको गुणै हो।
आजको आधुनिक जमानामा शिक्षाको महत्व बढ्दै जानु स्वभाविककै हो । मानिस जे जति सिक्छ त्यसमा नै चित्त बुझाएर मख्ख परि रहेको छ । तर मैले के के सिके र सिकेर चाहि के के गर्न सफल हुदैछ भन्नेमा चाहि पछि परिरहेको अनुभूत हुदैछ । मैले यस्तो यस्तो सिके अब म यसो यसो गर्न सक्छु अनि मेरो कमाइ यसरी यसरी हुने छ भन्नमा सक्छ कि सक्तैन सिकारुलाई थाहा नै होला । जुन जुन कुरा सिकिन्छ त्यहि त्यहि गर्न सफल भएको देख्न पाउनुमा सिकारुका अभिभावकहरु उत्साहित हुनु पर्ने हो । शिक्षकहरुलाई पनि आफ्ना विद्यार्थीहरुले सिकेको कुरालाई प्रयोगमा ल्याएर रमाएको हेर्ने चाहना हुनु पर्ने हो, राजनैतिक व्यक्तित्वहरुले पनि आफ्नो ठाउँको विद्यालयमा विद्यार्थीहरुले सिक्दै व्यवहारमा उत्र्तादै सिपालु भएका देखेर आत्म गौरव गर्नु पर्ने हो, समाजमा रहेका शिक्षित व्यक्तित्वहरु र विज्ञहरु पनि आफ्नो देशका विद्यालयहरुमा जीवनभरी काम लाग्ने कुरा सिक्दै प्रगति गर्दै गरेका विद्यर्थीहरुको चालचलन हेरेर खुशी हुनु पर्ने हो । यस्तै शिक्षा क्षेत्रको मूल व्यवस्थापक देशको लागि जो जो भए पनि आफ्ना देशका नागरिकहरुका छोराछोरीहरु आफ्नो आफ्नो ठाउँको विद्यालयहरुमा आफूले चाहेको र पाएको ज्ञान, गुण, सिप, दक्षता सिकेर राम्रो राम्रो उन्नति गरेको देखेर खुशी हुनु पर्ने हो तर जो हुन पर्ने थियो त्यस्तो नहुँदा पनि सन्तोषै मानेर बसिरहँछौं हामी नेपाली । संसारका अरु देशहरुले शिक्षाको माध्यमबाट कति कति उन्नति गरी सके ? त्यसरी उन्नति गर्न त शिक्षालाई समय सापेक्ष सुधार गरेर अघि अघि बढ्न सकिन्थ्यो होला । देशको उल्लेख्य उन्नति गर्न पछि परिदैनथ्यो होला मानवताका हुबहु विकास गर्न सकिन्थ्यो होला तर विडम्बना पनि कस्तो रहेछ ? हुनै पर्ने काम पनि भैरहेको छैन । आशा गरौं हाम्रो नेपाली धर्तिमा रहेका नेपाली विद्धानहरुको होश कुनै दिन खुलेछ भने शिक्षाले दिन सक्ने अधिकतम फाइदाहरु लिन सकिएला ।









