बैद्धिक सनातन धर्म र संवैधानिक राजसंस्था वहालीको लागि मेरो उम्मेदवारी हो

होम भक्त कुरुम्बाङ, प्रतिनिधिसभा सदस्य,
राप्रपा उम्मेदवार, तेह्रथुम
होमभक्त कुरुम्बाङ राष्ट्रिय राजनीतिमा चिरपरिचित नाम हो । उहाँले तेह्रथुम जिल्लालाई आधार मानेर सव्रिmय राजनीति गर्दै आउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अनुभवी राजनीतिज्ञ कुरुम्बाङ यति बेला राप्रपा कोशी प्रदेशको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । समाजसेवी तथा विकासप्रेमी कुरुम्बाङ यस अघि राप्रपाको सहमहामन्त्री भइसक्नु भएको छ । यस अघि कुरुम्बाङ संविधान सभा सदास्यम ा पनि राप्रपाबाट उम्मेदवार हुनु भएको थियो । उहाँ यस पटक पनि राप्रपाको तर्फबाट तेह्रथुम जिल्लाबाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नु भएको छ । प्रस्तुत छ राप्रपा उम्मेदवार होमभक्त कुरुम्बाङसँग गरिएको कुराकानीः
तपाई राप्रपाको तर्फबाट तेह्रथुम जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नु भएको छ । कस्तो लागि रहेको छ ?
यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाको तर्फबाट तेह्रथुम जिल्लामा उम्मेदवार बन्न पाउदा म अत्यन्त उत्साहित भएको छु । यहाँका स्थानीय जनताले मलाई तपाई उठिदिनु भ¥यो भनेर भनेको अवस्था हो । म जित्नको लागि उठेको छु । म यस क्षेत्रमा जित्ने धेरै आधार छन् । म स्थानीय बासिन्दा हु । म राप्रपामा रहे पनि सबैको सेवा गर्दै आउनु भएको हु । राप्रपाले अघि सारेको हिन्दु राज्य र संवैधानिक राजतन्त्रको पक्षमा जनमत बढ्दै गएको छ । यहि एजेण्डाले मलाई जनताले जिताउदै छन् । हाम्रो पार्टीको संगठन विगत भन्दा बढ्दै भएको छ । त्यसैले म जित्नको लागि तयार भएर बसेको छु । वैद्धिक सनातन धर्म र संवैधानिक राजसंस्था वहालीको लागि मेरो उम्मेदवारी हो ।
राप्रपाको संगठन खस्कियो भनिन्छ नि ?
राप्रपाको संगठन खस्केको कुरा गर्ने पनि होलान् । तर राप्रपाको एजेण्डामा मत बढ्दै गइरहेको छ । जहाँ ‘होम भक्त त्यहाँ जनता’ भनिरहेको अवस्था छ । ‘जहाँ राप्रपा त्यहाँ जनता’ त्यो पनि भनिरहेको अवस्था छ । राप्रपा विकासप्रेमी पार्टी हो, राप्रपाका सबै नेता कार्यकर्ता पनि यस्तै छन् । मलाई यहाँका जनताले इमान्दार भनेर चिन्छन् । राप्रपाको संगठन विगत भन्दा सय प्रतिशत बढ्दै गएको छ । अब जनताले राप्रपालाई जिताउदै छन् । यो क्षेत्र राप्रपाले जित्ने क्षेत्र हो ।
देशको कठिन अवस्थामा निर्वाचन हुँदै छ, तपाईलाई कस्तो लागि रहेको छ ?
देशको अवस्था कठिन भए पनि निर्वाचनपछि देशको अवस्था संलिदै जाने छ । जेन जि आन्दोलनले नयाँ सरकार बन्यो, जेन जि कै बलमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । देश त्यति साह्रो कठोर भने छैन । देशको शान्ति सुरक्षाको अवस्था राम्रै छ । प्रधानमन्त्री पनि देशले राम्रै पाएको छ ।
अब देश कुन मोडमा जाला ?
निर्वाचनपछि देशको अवस्था झन राम्रो हुँदै जाने छ । राप्रपाको पनि अधिकतम ठाउँमा जित्ने भएकाले संवैधानिक राजतन्त्र र हिन्दु राज्यको पक्षमा जनअभिमत बढ्दै जानेछ । सोझो रुपमा भन्नु पर्दा राजतन्त्र पुनस्थापित हुने वातावरण समेत बन्ने छ ।
जनताले यस पटक राप्रपालाई किन जिताउने ?
देशबाट भ्रष्टाचार निवारण गर्न पहिलो कारण राप्रपाले जित्नु पर्छ । हाम्रा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘एक रुपँया घुस खानु भनेको आमाको रगत खानु सरह हो’ भन्नु भएको छ । यहि आदर्शका कारण हामी जित्दैछौ । हामी राजावादी र हिन्दुवादी भएकाले हामीलाई नै हिन्दुवादी र राजावादीले जिताउदै छन् । यस पटकको निर्वाचनमा राजसंस्था र हिन्दुराज्यको पक्षमा लहर नै चलेको छ ।
देशव्यापी फैलिएको महँगी भ्रष्टाचार कसरी नियन्त्रण हुन्छ ?
यसका लागि पनि राप्रपाले जित्नु पर्छ । महँगी नियन्त्रण गर्न बनेका सरकारी संयन्त्र फितलो छ, देशमा काम गर्ने होनाहार युवक विदेशिएको अवस्था छ । काम गर्ने युवा विदेशिएपछि यहाँ उत्पादन कम हुनु स्वभाविक कै हो । यस अवस्थामा विदेशबाट ल्याउनु पर्छ, अनि यहाँ महँगी बढेको हो । अर्को कुरा नेपालमा भ्रष्टाचार दिनदिनै बढ्दै गएको छ । राप्रपा सत्तामा नपुगि भ्रष्टाचार निवारण हुनेवाला छैन । राप्रपा सत्तामा गएको बेला एक रुपैया घुस खाएको रेकर्ड छैन ।
नेपालमा रोजगार नपाएका युवाहरुलाई के भन्नु हुन्छ ?
नेपालका उद्योग कलकारखाना उहाँका प्रमुख दलले बेचेर खाएका छन् । यहाँ काम गर्ने ठाउ नभएपछि देशका होनाहार युवा विदेशिनु स्वभाविक हो । यदि राप्रपा सत्तामा जाने, एकलौटी सरकार संचालन गर्ने अवसर पाउँछ भने देशमा कलकारखाना थपिदै जानेछ । त्यस बेला अहिले जस्तो युवाहरु दिनदिनै कामको शिलशिलामा विदेश जानु पर्ने छैन । त्यसैले यस पटक राप्रपालाई जिताई दिनु होला । युवाको जित राप्रपाको जित । राप्रपा विकासवादी पार्टी हो, मेरो क्षेत्रमा पनि मलाई काम गर्ने अवसरका लागि मलाई जिताउनु होला । यस पटक राप्रपाको पक्षमा लहर छ, राप्रपाले जताततै जित्ने अवस्था मैले देखेको छु ।
अन्तमा तपाईको मतदातालाई सन्देश दिनुस न ?
विकास प्रेमीलाई रोजिदिनु होला । ‘तेह्रथुम जिल्ला, राप्रपाको किल्ला बनाउन सहयोग साथ दिनुहोला । म जहिले पनि तेह्रथुमकै जनताकै साथमा रहि रहेको छु, रहिरहने छु । राजसंस्था र हिन्दुराज्यको एजेण्डामा मत दिनु होला । यो मौका हो, अवसर हो, राप्रपालाई जिताउनु होला ।

LEAVE A REPLY