जसपद्वारा ८ नेता पार्टीबाट निष्काशित

काठमाडौँ । जनता समाजवादी पार्टीले जसपानेपालबाट र्पूव खाने पानी मन्त्री यादव सहित ८ जना नेतालाई निष्काशन गरेको छ ।
आज बुधबार संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्काशन गरिएको जानकारी दिएका हुन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फ जनता समाजवादी पार्टी, नेपालको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने तथा पार्टीको हित, पार्टी अनुशासन र विधान विपरीत कार्य गरेकोले उनीहरूलाई पार्टीबाट निष्काशन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोको परेछन् त निष्काशनमा?
प्रदीप यादव
चन्दन कुमार सिंह
आत्माराम साह
कमरुल्लाह अन्सारी
उदयकान्त मिश्र
हरिनारायण यादव
नवल किशोर सिंह
डा। शिवजी यादव

LEAVE A REPLY