राष्ट्रपति पौडेल माघ १८ देखि २१ सम्म जापानको औपचाकि भ्रमणमा जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ देखि २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने तयारी भएको राष्ट्रपति कार्यलयले बताएको छ ।
नेपाल जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं बर्ष पुगेको अवसरमा राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लाग्नु भएको र सो भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन् ।
त्यस्तै विहिबारको मन्त्रिपरिषद्को बैठकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धि सुझाव समितिको प्रतिवेदन सार्बजनिक गर्ने निर्णय गरेको छ ।त्यसै गरी २०८२ फागुन १ गतेदेखि लागु हुने गरि नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको पनि प्रवक्ता अर्यालले जानकारी दिएका छन् ।

LEAVE A REPLY