२५ माघ, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल काठमाडौंले आदेश अनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।
प्रहरीले उनलाई शुक्रबार मात्रै दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरेको थियो । काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनी पक्राउ परेका थिए ।
प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनिमात्रै निर्वाचन’ भन्दै अभिव्यक्ति दिने गरेका छन् । १९ माघमा चितवनमा पुगेर उनले राजसंस्था स्थापनाम नभएसम्म निर्वाचन नहुने भन्दै बोलेका थिए ।उनले त्यस्तो अभिव्यक्ति दिदै आचार सहिता उल्लघन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।








