फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

३ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेलरमट्टितेलको मूल्य बढेको नेपाल आयल निगमले पे्रस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल ,मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ ।
यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY